भक्तपुर बसपार्कमा बसभित्रै युवतीलाई………

Balatkar 4काठमाडौं, १९ वैशाख । काठमाडौंमा सात बर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ भने भक्तपुरमा युवती बसपार्कमै बलात्कृत भएकी छन् ।
काठमाडौंको गोंगबु–४, मिलन टोलमा सात वर्षीया बालिकालाई स्थानीय दुई बालकहरुले नै सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पाल्पा जिल्ला रामपुर घरभै हाल गोंगबु–४, मिलन टोल बस्ने १४ बर्षीय देवेन्द्र राना र ११ बर्षीय शिशिर फुयाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले बुधबार दिउँसो दोलखा जिल्ला लामिडाँडा–५ घर भई हाल गंगबु–४, मिलन बस्ने ७ लक्ष्मी कार्की (नाम परिवर्तन)लाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उता, भक्तपुरमा पनि युवती बलात्कारको अभियोगमा प्रहरीले २४ वर्षीय राजकुमार राईलाई पक्राउ गरेको छ ।
काभ्रे जिल्ला भीमखोरी–५ घर भई भक्तपुरमा बा १ ख २७५५ नम्बरको गाडीमा खलासी काम गर्दै आएका राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले बुधबार राति भक्तपुर–१७ स्थित बसपार्कमा बस भित्रै ललितपुर पाटन घर भएकी रिमा (नाम परिवर्तन) लाई बलात्कार गरेको प्रहरीले जनाएको छ । यवतीका बाबु/आमाले सोही बसपार्कमा चियापसल पनि गर्दै आएका छन् ।

प्रतिक्रिया