३३ जिल्लाका सुनचादी पसल बन्द

चितवन, १९ बैशाख । सुनचादीको सहज आपूर्ती नभएको भन्दै चितवन सहितका ३३ जिल्लाका सूनचादी व्यवसायीले विहिबारदेखी पूर्ण रुपमा कारोबार बन्द गरेका छन् । राज्यले कोटा प्रणालीबाट सुन दिन थालेको प्रति व्यवसायीहरुले विरोध जनाएका छन् । साथै उनीहरुले सुनचाँदीको सहज आपूर्ती हुनु पर्ने माग राख्दै पसल नै बन्द गरेर आन्दोलन थालेका हुन् । सुनको मुल्यमा एक्कासी भारी रुपमा आएको गिरावट र सेवाग्राहीको माग पुरा गर्न नसकेको भन्दै पसल नै बन्द गरेर आन्दोलन गरेको नेपाल सुनचादी व्यवसयी संघ चितवनका अध्यÔ विपिन रामुदामुले जानकारी दिए । मुल्यमा आएको गिरावटसगै राज्यले सुनमा गरेको सिन्डिकेट प्रणालीले कालोबजारी बढेको व्यबसायीको गुनासो छ । विवाहको लगनसगै सुनचादी पसल बन्द भएपछि चितवनका सेवाग्राही मर्का परेका छन् । सिजनका बेला चितवनमा दैनिक एक किलो बढि सुन खपत हुने संघले जनाएको छ । चितवनमा बुधबार भेला भएका ३३ जिल्लाका सुनचादी व्यवसायीका प्रतिनिधिहरुको एक बैठकले सुनको आपुर्ती सहज नभएसम्म चितवन सहित ३३ जिल्लामा पसल बन्द गर्ने निर्णय समेत गरेको थियो ।

प्रतिक्रिया