सिटी एक्सप्रेस र एनएमबीबीच सम्झौता

काठमाडौं : विदेशमा रहेका नेपालीहरूले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्यउँदै आएको रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर र एनएमबि बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा एनएमबि बैंक लिमिटेडको मुलुकभरका शाखाबाट भुक्तानी लिन सकिने जनाएको छ ।
सम्झौता पत्रमा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डन र एनएमबि बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । विगत ६ वर्षदेखि विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको सिटी एक्सप्रेस जापानबाट आफ्नै कार्यालयमार्फत तथा खाडी मुलुकसहित नेपाली कार्यरत सबैजसो मुलुकबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी देशमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
पछिल्ला दिनमा संजाल विस्तारलाई तीव्रता दिएको सिटीले देशका अधिकांश ‘क’ वर्गका बैंक, विकास बैंक, फाइनान्स कम्पनीलगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । योसँगै सिटि एक्सप्रेसका मुलुकभरबाट करिब २ हजार ५ सय आधिकारिक स्थानीय ठाउँबाट पनि सेवा लिन सकिनेछ ।

प्रतिक्रिया