पूर्वप्रहरी काठमाडौंमा कार्की

काठमाडौं : पूर्वप्रहरी कर्मचारी परिषद् काठमाडौंको अध्यक्षमा पूर्वप्रहरी वरिष्ठ उपरीक्षक ढकबहादुर कार्की निर्वाचित भएका छन् । राजधानीमा मंगलबार सम्पन्न जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षहरूमा कमला मण्डल, मुक्ति श्रेष्ठ, अगम सिंह सोम्हयाङ, कमल चुडाल छन् । (सौस)

प्रतिक्रिया