तीन बालिका बलात्कृत

धनगढी, १९ वैशाख । कैलाली, बझाङ र कञ्चनपुरमा तीन बालिकासहित चार बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

कैलाली जिल्ला प्रहरीका अनुसार मंगलबार धनगढीको मोहना नदी किनाराको जंगलमा भारतको लखिमपुरको बेलापरसुवाका २६ वर्षीय कैलाश चौधरीले कैलाली रतनपुरकी १४ वर्षीया एक बालिकालाई जबर्जस्ती गरेका थिए । बालिकामाथि जबरजस्ती गरेको थाहा पाएपछि चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको कैलाली प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भक्तबहादुर विष्टले जानकारी दिएका छन् ।
प्रहरी प्रवक्ता विष्टका अनुसार बुधबार गेटा–६ की एक ६ वर्षीया बालिकालाई भारत हरियाणाका ५० वर्षीय निर्मल भङ्गीले अप्राकृतिक मैथुन गरेका थिए । घरमा कोही नभएको बेला बालिकालाई अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले भङ्गीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दुवै बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बझाङमा एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कारको अभियोगमा प्रहरीले चैनपुर–२ का १६ वर्षीय चक्रप्रसाद जोशीलाई पक्राउ गरेको छ । जोशीले १५ वैशाखमा ती बालिकालाई कपडा धुन गएको अवस्थामा जबर्जस्ती गरेको बझाङ जिल्ला प्रहरीले जनाएको छ । बालिकाका बाबुले उजुरी दिएपछि प्रहरीले जोशीलाई पक्राउ गरेको थियो ।
कञ्चनपुरमा पनि २६ वर्षीया महिला बलात्कारमा परेकी छन् । बलात्कारको अभियोगमा दैजी–२, शान्तिपुरका २३ वर्षीय हिक्मतबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति ती महिलामाथि बलात्कार गर्दै गरेको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिई बोहरालाई प्रहरीमा बुझाएका थिए ।

प्रतिक्रिया