मुलुक भरि १ सय २४ औं श्रमिक दिवस मनाईदै

Sramik-Diwasकाठमाडौं, १८ वैशाख । आज मे-१ अर्थात् १ सय २४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदै छ ।
राजधानीलगायत मुलुक भरि मजदुर संगठनहरुले आलग अलग कार्यक्रम आयोजना गरेका छन् । प्रमुख शहरहरुमा मजदुर संगठनहरुले र्‍याली, जुलुसलगायतका झाकीसमेत निकालेका छन् ।
नेपालमा २००३ साल फागुन–२१ गते विराटनगर जुट मिलमा मजदूर आन्दोलनले आफ्नो यात्रा थालेको हो । राणा शासन विरुद्ध आन्दोलन चर्काउने क्रममा कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जुट मिलमा मजदुर आन्दोलन सुरु भएको थियो ।
सन् १८९० देखि हरेक वर्ष मे-१ तारिकमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । अमेरिकाको शिकागोमा हजारौ मजदुर भेला भएर प्रदर्शन गरेपछि मजदुरले आफ्ना आधिकार पाएका थिए ।
यसैवीच, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आगामी दिनमा मजदुरको हितका पक्षमा सरकारले आफ्ना कामलाई निरन्तरता दिने जनाएका छन् । उनले श्रमिकको अधिकारका लागि राजनीतिक स्थायित्व जरुरी रहेको बताए ।

प्रतिक्रिया