संविधान निर्माण गुरुत्तर जिम्मेवारी: कोइराला

Sushil-Koiralaकाठमाडौं, १८ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले एकयुगान्तकारी परिवर्तनसँगै देशमा लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना भएको स्मरण गरेका छन् । उनले हालसम्मका उपलब्धिलाई संस्थागत गर्नुपर्ने प्रमुख दायित्व रहेको उल्लेख गरे ।
मजदुर दिवसका अवसरमा आज शुभकामना शन्देश दिँदै कोइरालाले साझा पहिचान र सामथ्र्यका आधारमा संघीयतासहितको नयाँ संविधान निर्माण गर्नुपर्ने बताए । उनले गुरुत्तर जिम्मेवारीलाई पूरा गरेर मुलुकलाई अग्रगामी दिशातिर उन्मुख गराउन सबै राजनीतिक दलहरु संवेदनशील हुनु पर्ने बताए ।
‘आपसी एकता, मेलमिलाप एवं पारस्परिक सद्भाव, सहयोग र सहकार्यलाई अघि बढाएर संविधान निर्माणको जिम्मेवारीलाई पूरा गर्नु पर्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया