बालकुमारी र बौद्ध सेमिफाइनलमा

काठमाडौं : बालकुमारी फुटबल क्लब र बौद्ध तामाङ गुठी प्रथम वीरेन्द्र पुस्तकालय सिक्स ए साइड फुटबल प्रतियोगिताको मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा बालकुमारीले कपन भेखलाई १–० को झीनो गोलअन्तरले पराजित गर्‍यो । सागर लामाले निर्णायक गोल गरे । अर्को सेमिफाइनलमा बौद्धले क्लब मोसेसलाई टाइब्रेकरमा ५–४ ले पाखा लगायो । बाँकी दुई क्वार्टरफाइनलमा बुधबार हुनेछ । (सौस)

प्रतिक्रिया