ट्याक्टर दुर्घटनामा चालकको मृत्यू

dangदाङ, १७ वैशाख । दाङमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यू भएको छ । मृत्यू हुनेमा चालीस वर्षीय सीताराम चौधरी हुन् ।
हाँसिपुर–१ स्थित घोस खोलाबाट ढुंगा लोड गरेर भालुवाङ तर्फ आउँदै गरेको लु २ त ७३३ नम्वरको ट्याक्टर हाासिपुर–१, चिसापानी भन्ने स्थानमा पल्टिदा चौधरीको मृत्यू भएको भालुबाङ प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक चौधरी लालमटिया–८, मसुरिया निवासी हुन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया