भारतीय दूतावासलाई ३३ दलको ज्ञापन

काठमाडौं : नेकपा–माओवादीसहित ३३ दलले मोरङको विराटनगरमा रहेको भारतीय कार्यालय तत्काल बन्द गर्न माग गर्दै भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाएका छन् ।
माओवादी उपाध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको टोलीले लैनचौरस्थित दूतावासको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । पाँच वर्षदेखि विराटनगरमा रहेको उक्त कार्यालय अवैध भएको भन्दै ३३ दलले त्यसलाई हटाउनुपर्ने माग दूतावाससमक्ष राखेका छन् ।
उक्त कार्यालय तुरुन्त बन्द गर्न माग गर्दै दूतावासलाई ज्ञापनपत्र बुझाइएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । ३३ दलको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएपछि गजुरेलले भारतले अवैधानिक रूपमा सामरिक महत्त्व राख्ने कार्यालय खोलेर राष्ट्रिय स्वाधीनतामाथि धावा बोलेको बताए । (सौस)

प्रतिक्रिया