पति–पत्नी अपरहण गर्ने पाँच जना पक्राउ

aapharanकाठमाडौं, १६ वैशाख । पति–पत्नी अपहरणको घटनामा संलग्न काभ्रे जिल्लाका पाँच जनालाई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
कुलेश्वर डेरा गरी बस्ने काभ्रे चन्दनपुर–४ घरका १९ बर्षीय राजन घिमिरे र उनकी १८ बर्षीया पत्नी अनु घिमिरे आइतबार राति अपहरणमा परेका थिए । १०/१२ जनाको संख्यामा रहेको समूहले राजन र अनुलाई बा.१ ज ४३५३ नम्वरको ट्याक्सीमा राखेर अपहरण गरेका थिए ।
अपहरणको सूचना पाउना साथ महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले अपहरित घिमिरे दम्पतिलाई बाङगेमुढाबाट उद्धार गरेको थियो ।
उनीहरुलाई काभ्रे जिल्ला मिथिनकोट–७ घर भएका २२ बर्षीय आकाश रिजालको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको प्रहरी भनाई छ ।
पक्राउ पर्नेमा काभ्रे दाप्चाका २४ बर्षीय सन्देश घिमिरे, मिथिनकोट–७ का २२ वर्षीय आकाश रिजाल, डराउनेपोखरी–३ का ३० वर्षीय माईला घिमिरे, २६ वर्षीय कृष्ण घिमिरे र १७ बर्षीया गोमा घिमिरे रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया