दुर्घटना पछि स्थानीयद्वारा बसमा तोडफोड

Rautahatरौतहट, १६ वैशाख । रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्डको बीरेन्द्र राजमार्ग अन्तर्गत झुन्खुन्वामा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
सर्लाहीको मंलगंवाबाट गौर आउँदै गरेको मितेरी यातायातको ना ३ ख २१२० नम्बरको बसले भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवाही–९ का ४० वर्षीय शेख अबुलेशको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६० वर्षीय शेख दाउद गम्भीर घाइते भएका छन् । उनको गौरमा उपचार भईरहेको छ ।
दुर्घटना पछि स्थानीयले बसका सबै सिसा फुटाईदिएका छन् । उनीहरुले उचित क्षतिपूर्ति र कारबाहीको माग पनि राखेका छन् ।

प्रतिक्रिया