अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता हुँदै

काठमाडौ, १६ वैशाख । अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता आगामी ११ जेठदेखि हुने भएको छ । राजधानीको जोरपाटी दक्षिण ढोकामा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्सको सहभागिता रहने आयोजक आकाशदीप डोजोले जनाएको छ ।

महिलातर्फ १५ सहित ३२ प्रतिस्पर्धा हुनेछ । विदेशी एक सय ५० समेत गरी तीन सय ५० खेलाडीले सहभागिता जनाउने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया