पूर्णबजेटको तयारी

काठमाडौं : अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार पूर्णबजेटको तयारीमा रहेको बताएका छन् । उनले निजीक्षेत्रसँगको सहकार्यबाट विश्वका थुप्रै देशले विकासको फड्को मारेको सन्दर्भमा नेपाल पनि त्यही बाटोमा अग्रसर रहेकोमा जोड दिए ।

नेपालको विकासमा विगत पाँच दशकदेखि सक्रिय रहँदै आएका जापानी प्राध्यापक रियोकिची हिरोनोसँग आइतबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले चुनाव तथा सुशासन वर्तमान सरकारको प्राथमिकता रहेको बताए ।
सो अवसरमा प्राध्यापक हिरोनोले कर्मचारीहरू मुलुकको स्थायी नीति निर्माताहरू पनि रहेकाले उनीहरूले नेतृत्व गरेको सरकार प्रभावकारी हुने विश्वास व्यक्त गरे । त्यसैगरी मन्त्री कोइरालाले मुलुकको बिकास गर्न उत्पादनमुखी अर्थतन्त्र आवश्यक भएको बताएका छन् । उनले स्रोत साधनभन्दा पनि कर्मचारीको इच्छाशक्ति र उच्च मनोबल कामका लागि पहिलो सर्त भएकोमा जोड दिए । देशभरका घरेलु प्रमुखहरूका लागि आयोजित योजना गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले गरिब देशको गरिब अर्थमन्त्रीले मागेजति पुर्‍याउन नसक्ने स्पस्ट पारे ।
‘औद्योगिकरण र उत्पादनमुखी अर्थतन्त्रको विकल्प छैन ।’ कोइरालाले भने, ‘दूर दराजमा पुगेर यसको जग हाल्ने काम घरेलु विकास समितिले गरेको छ ।’ औद्योगिक क्रान्तिको गति खरायो शैलीमा नभएर कछुवा गतिमा बढेको भन्दै मन्त्री कोइरालाले भौतिकसँगै कार्यसम्पादनमा पनि सुधारको आवश्यकता रहेकोमा जोड दिए ।
उद्योग सचिव कृष्ण ज्ञवालीले सय जनामा २४ जना भोको रहनु परेको यथार्थबीच घरेलु उद्योग बस्तुनिष्ठ हुनुपर्नेमा आवश्यकता औंल्याए । नेपाल घरेलु उद्योग महासंघका अध्यक्ष सुरेशमान प्रधानले घरेलु उद्योगले ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने बताए । समितिका मुलुकभर ४८ शाखा कार्यालय छन् ।

प्रतिक्रिया