ढिस्कामा पुरिएर मृत्यु

धनगढी : बाजुरामा माटोको ढिस्कोमा पुरिएर दुई नाबालिकाको मृत्युभएको छ । शनिबार बिहान घर पोत्ने माटो ल्याउन गएकी जयवागेश्वरी–१, पीपलगाउँका चन्द्र बुढाकी ११ वर्षीया छोरी शुक बुढा र मन्देवी धामीकी ८ वर्षीया छोरी प्रमिला धामीको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घर नजिकै रहेको माटोको खानमा कुटोले माटो निकाल्ने क्रममा ढिस्को खसी पुरिएर घटनास्थलमै उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । (सौस)

प्रतिक्रिया