मन्त्रीको शिर निहुराउने काम नगर्नुस्

DSCN0548काठमाडौं, १४ बैशाख । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले वर्तमान सरकारको पहिलो प्राथमिकता निर्वाचन भएपनि यसले विधिको शासनलाई पनि संगसंगै आत्मसात गर्ने बताएका छन् ।
आपूmले सम्हालेका मन्त्रालय मातहतका जिल्ला स्थित विभिन्न निकायको निरीक्षण भ्रमण क्रममा मकवानपुर र वारा पुग्नु भएका मन्त्री कोइरालाले सेवाग्राहीलाई सास्ती दिएर मन्त्रीको शिर निहुराउने काम नगर्न कर्मचारीलाई निर्देशन दिए ।
आपूm सधैं उदार अर्थतन्त्रको पक्षपाती रहेको बताउँदै मन्त्री कोइरालाले भने, ‘उद्योग, कलकारखाना सञ्चालनमा आउने सबै व्यवधान हटाउन सरकार प्रतिवद्ध छ ।’
मन्त्री कोइरालाले सिमेन्ट कारखाना निर्माण स्थलमा बिजुली, यातायात पु¥याउने सरकारी प्रतिवद्धता पूरा गर्न बजेट अभाव हुन नदिने आश्वासन दिए ।
उद्यमी व्यवसायीहरुले सरकारी निकायबीच तालमेल नहुँदा आपूmहरु मारमा परेको गुनासो गरे । उर्जाको अभावमा आपूmहरु उद्योग चलाउन नसक्ने अवस्थामा पुगेकाले तत्काल सम्बोधन गर्न उनीहरुले सरकारसंग माग गरेका थिए ।

 

प्रतिक्रिया