सवारी दुर्घटनामा एकको मृत्यू, अर्का घाईते

राजविराज, १४ वैशाख । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर ३ मा शुक्रवार भएको सवारी दुर्घटनामा परी एक साईकल यात्रीको मृत्यू भएको छ । पुर्ववाट पश्चिम तर्फ जादै गरेको ना३ख ५५५१ नंम्वरको बसको ठक्करवाट खोजपुर ६ निवासी ४० वर्षिय घुरन मण्डलको मृत्यू भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका मण्डलको उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोहि घटनामा घाईते भएका खोजपुर ७ का ५० वर्षीय लालमोहर मण्डलको युनिक अस्पतालमा उपचार भईरहेको छ । बस र धाडिङ्ग नौविसे ८ निवासी ३१ वर्षीय चालक सुरेन्द्र तामाङ्गलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको सप्तरीका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया