ब्रिटिस गोर्खा कपका लागि ६० लाख प्रायोजन

gorkha-cupकाठमाडौं : गोर्खा ग्रुपले ब्रिटिस गोर्खा कप फुटबल प्रतियोगिताका लागि ६० लाख रुपियाँ प्रायोजन गर्ने भएको छ । प्रतियोगिता जेठको दोस्रो साता सुरु हुनेछ । शुक्रबार आयोजित कार्यक्रममा गोर्खा ग्रुपका प्रतिनिधि प्रेमबहादुर बेगा र एन्फा अध्यक्ष गणेश थापाले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरे । एन्फाले गोर्खा ग्रुपबाट यसै वर्ष २० लाख रुपियाँ पाउने छ । गोर्खा कपको विजेताले दश लाख तथा उपविजेताले पाँच लाख रुपियाँ पाउनेछ ।
गोर्खा ग्रुपको प्रमुख प्रेमबहादुर बेगाले आफूहरू नेपाली फुटबलको विकासमा प्रतिबद्ध भएको बताए । प्रतियोगिता यसअघि ब्रिटिस गोर्खा कपको नामबाट सञ्चालन हुने गरेको थियो । प्रतियोगिताको सुरुवातका दुई संस्करण थ्री स्टार क्लव तथा पछिल्लो वर्ष नेपाल पुलिस क्लवले जितेको थियो । ब्रिटिस गोर्खा कपले पहिलो संस्करण आयोजक हुँदा नेपालको सर्वाधिक पुरस्कार राशिको नकआउट प्रतियोगिताको रूपमा कीर्तिमान कायम गरेको थियो । (सौस)

प्रतिक्रिया