‘मतदाता संकलनमा अवरोध नहुने विश्वास’

राजविराज, १३ वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले मतदाता संकलन र नागरिकता वितरण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताएको छ ।
नेकपा–माओवादी लगायतका दलहरुले मतदाता संकलन र नागरिकता वितरण कार्यक्रम बिथोल्ने धम्की दिईरहेका बेला जिप्रका सप्तरीले भने सबैसंग समन्वयन गरी कार्यक्रम सुरु गरिएकाले अवरोध नहुने विश्वास व्यक्त गरेको छ । मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यसगै सुरु हुन लागेको एकीकृत घुम्ति सेवाको बारेमा जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कामु जिल्लाप्रहरी अधिकारी बलभद्र गिरीले यस्तो बताएका हुन् । उनले माओवादीका नेता तथा कार्यकर्तासंग समेत आफुले सल्लाह गरी सहयोग गर्न आग्रह गरिसकेको जानकारी दिए ।
‘मधेसी दलले जन्मको आधारमा नागरिकता पाउनु पर्ने मागलाई नै जोडदार रुपमा उठाईरहेका छन्’ जिप्रअ गिरीले भने–‘यस पटक अध्यादेश मार्फत तिनै माग पुरा गर्ने गरी काम सुरु भएकोले यसमा अवरोध गर्नु पर्ने आवश्यकता देखिदैन ।’ नागरिकताबाट बञ्चित नेपाली नागरिकलाई सहज नागरिकता उपलब्ध गराउदै मतदाता नामावली संकलन गर्न हरेक निर्वाचन क्ष्ँेत्रमा १÷१ का दरले ६ वटा टोली खटाईएको उनले वताए ।

प्रतिक्रिया