बारीमा घाँस काट्दा महिला बलात्कृत

Balatkar 5राजविराज, १३ वैशाख । घरनजिकैको बारीमा घाँस काट्दै गरेकी एक महिलालाई जवर्जस्ती करणी गर्न खोज्ने बैरवा–५ निवासी ४५ वर्षीय रामफल यादवलाई आज प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान घाँस काट्न गएकी स्थानीय एक महिलामाथी बलात्कार गर्न खोजेपछि स्थानीयको सहयोगमा यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादवले बिहान करीव ८ वजे भारदह १ निवासी साह थरकी महिलाई एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको सप्तरीका डिएसपी श्यामसिंह चौधरीले बताए । केराको बगैचामा घाँस काट्दै गरेकी ती महिलालाई यादवले हातपात करणीको प्रयास गर्न खोज्दा उनले चिच्याएर हारगुहार मागेपछि स्थानीयहरु घटनास्थल पुगेका थिए ।
जवर्जस्ती करणी गर्न खोज्ने यादवको प्रतिकार गर्दा महिलाको साथमा रहेको हसियाँ लागेर यादव सामान्य घाईते समेत भएको डिएसपी चौधरीको भनाई छ । यादवको निधारमा चोट लागेको छ । यादव विरुद्ध ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा जवर्जस्ती करणीको मुद्धा दर्ता भईसकेको जानकारी दिदै कारवाही प्रक्रिया अघि वढिसकेको डिएसपी चौधरीले वताए ।

प्रतिक्रिया