फोटो पत्रकारिता दिवस मनाईयो

imagesकाठमाडौं, १३ बैशाख । ‘तथ्य समाचारका लागि फोटो पत्रकारिता, फोटो नै जिवन हो’ भन्ने मुल नाराका साथ आज फोटो पत्रकारिता दिवस मनाइएको छ ।
राष्ट्रिय फोटो पत्रकार समुहले फोटो पत्रकारिता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरेको थियो । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी न्युरोड, असन, ईन्द्रचोक हुँदै रत्नपार्कमा पुगेर समापन भएको थियो । विसं १९८४ वैशाख १३ गते वीरगन्ज निवासी सूर्यमती श्रेष्ठले आङ्खनो कपासको बगै“चामा बसी कामधेनु चर्खाबाट धागो कात्दै गरेको फोटो पहिलो पटक गोरखापत्रमा छापिएको दिनलाई मानेर फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया