काठमाडौं स्टिलद्वारा रिडबार प्रविधिको सुरुआत

Opera-Houseकाठमाडौं : काठमाडौं स्टिल प्रालिले रिडबार प्रविधि सुरुआत गरेको छ । प्रालिले एक समारोहको आयोजना गर्दै उक्त प्रविधिबारे जानकारी गराएको हो । नेपालमा उत्पादन गरिने छड न्युजिल्यान्डको रिड प्रविधिको प्राविधिक ज्ञानअन्तर्गत उत्पादन गरिने कम्पनीले जनाएको छ ।
फलामे छड वा डन्डी नै कुनै पनि निर्माण कार्यको आधारशिला हुने भएकोले कंक्रिट संरचनाको शक्ति र जीवन यसैमा निर्भर रहन्छ । फलामे डन्डी र तारहरू एक आपसमा जेलिएर बन्ने र यसका छडहरू एक आपसमा कस्दा समय र सामान दुवै खेर जाने गरेकोमा रिडबारले नविनतम प्रविधिको परिणाम स्वरूप नयाँ प्रविधि भित्र्याएको विज्ञप्तिमा उल्लेख छ ।
रिडबार लहरै गाँसिएर आएको रिडबार हो जुन कुनै पनि विशिष्ट उपकरणविना छडहरू कपलरमा राखेर एक अर्कोमा गाँसेर बाँध्न सकिने दाबी कम्पनीले गरेको छ । यो विभिन्न साइज र स्वरूपमा आउने भएकोले यसमा डिजाइनको लचकता र व्यापक सहजता पाउन सकिन्छ ।

प्रतिक्रिया