सुनको भाउ उकालो लाग्ने क्रम जारी

imagesकाठमाडौं, १२ बैशाख । गएको साता दुई दिन लगातार ६ हजारसम्म घटेको सुनको भाउ पछिल्ला दिनमा भने बढ्ने क्रम जारी छ । आज नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय ९९ रुपियाँ बढेको छ । सुनचाँदी व्यबसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५१ हजार ९ सय ९९ रुपियाँमा किनबेच भईरहेको छ भने तेजावी सुन प्रतितोला ५१ हजार ७ सय ८४ रुपियाँमा कारोबार भईरहेको छ । बिज्ञहरुले सुनको भाउ घट्ने बताईरहेका बेला पछिल्लो एक सातादेखि नेपाली बजारमा भने सुन उकालो लाग्ने क्रम जारी छ ।
बैशाख २ गते तीन हजार तीन सय रुपियाँ र बैशाख ३ गते ३ हजार रुपियाँ घटेर सुनको भाउ तोलामा ४९ हजार पुगेको थियो । सुनको मूल्यमा एक्कासी ठूलो मात्रामा गिरावट आएपछि अधिकांश सुन व्यापारीले पसल नै बन्द गरेका थिए । आकासिएको सुनको भाउ अझै घट्ने बिज्ञहरुले बताएपछि उपभोक्ताहरु खुसी देखिएका थिए तर एकसाता देखि सुनको भाउ बढ्न थालेको छ ।

प्रतिक्रिया