ट्रकको ठक्करले जेशीलाको ज्यान गयो

भक्तपुर , ११ बैशाख । भक्तपुरबाट काठमाडौं जादै गरेको ट्रकले कौशलटारमा मोटरसाईकललाई ठक्कर दिदा एक किशोरीको ज्यान गएको छ । ना २ ख ७१०७ नम्बरको ट्रकले बा १३ प नम्बरको मोटरसाईकललाई ठक्कर दिदा सिन्धुपाल्चोक फुल्पिङ ९ की १६ बर्षीया जेशीला खड्काको निधन भएको महानगरीय प्रहरी प्रभाग भक्तपुरले बताएको छ ।
मोटरसाइकलमा रहेका मृतक खड्काका बाबु शेर बहादुर खड्का र भाई अरुण खड्का
गम्भीर घाईते भएका छन् । घाईते दुबैको अहिले नागरिक अस्पतालमा उपचार भईरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया