जीप दुर्घटनामा चार जनाको मृत्यू

Gulmi Districtगुल्मी, १० वैशाख । पाल्पा जिल्लामा आज भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
बा ७ च ३३१८ नम्वरको जीप खस्यौली–१, सिरुखर्कमा दुर्घटना हुँदा प्रेस चौतारीका निवर्तमान अध्यक्ष गगन विष्टकी पत्नी लता विष्टसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ज्ञानबहादुर जिसी, उनकी छोरी आस्था जिसी तथा रामबहादुर जिसी रहेका छन् ।
दुर्घटनमा छ जना यात्रु घाईते भएका छन् । खस्यौलीमा बाटोमा हिँडिरहेको पाडोलाई जोगाउँन खोज्दा जीप दुर्घनामा परेको प्रहरी भनाई छ ।
घाईते हुनेमा ज्ञानबहादुरकी पत्नी उमा जिसी, छोरा आदर्श, निवर्तमान अध्यक्ष गगनका छोरा सिद्धान्त छन् । दुर्घटनामा चालक ज्ञानबहादुर श्रेष्ठ पनि घाईते भएका छन् ।

प्रतिक्रिया