मंसिरमा पनि चुनाव हुँदैन : पुन

barsaman-punगुल्मी, १० वैशाख । एकिकृत नेकपा माओबादी स्थायी समिति सदस्य बर्षमान पुनले आगामी मंसिरमा पनि चुनाव नहुने बताएका छन् ।
उनले निर्वाचनको विरोधमा दलहरु सडक आन्दोलनमा रहेकाले मंसिरमा पनि निर्वाचन हुनेमा आशंका व्यक्त गरे । असारमै निर्वाचन हुनुपर्नेमा बिना कारण सरकारले निर्वाचन टारेको आरोप लगाउँदै पुर्व अर्थमन्त्री समेत रहेका माओवादी नेता पुनले मंसिरमा पनि बर्तमान सरकारले निर्वाचन गराउनेमा आफु विश्वस्त नभएको बताए ।
क्रान्तिकारी पत्रकार संघ गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पुनले चुनाव गराउने प्रमुख उद्धेश्यका साथ गठन भएको सरकारले निर्वाचनको मिति घोषणा नगरेर अरु काममै अल्झेको आरोप लगाए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चारै दलको सहमतीमा लोकमानसिंह कार्कीलाई सिफारिस गरिएको जिकिर गर्दै नेता पुनले अहिले विरोधपछि अन्य दलहरुले प्रचण्डमाथि दोष थुपारेको टिप्पणि गरे ।

प्रतिक्रिया