वैद्य माओवादीसँग वैचारिक एकता छैन : मातृका

उदयपुर : नेकपा माओवादी मातृका यादव समूहले नेकपा–माओवादी मोहन वैद्य पक्षसँग कार्यगत एकता भए पनि रणनीतिक र वैचारिक एकता नभएको बताएको छ । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले मातृका नेतृत्वको माओवादीसँग आफ्नो पार्टीको पूर्णएकता भएको भ्रामक हल्ला फैलाएको भन्दै सोमबार गाईघाटमा पात्रकार सम्मेलन गरी मातृका माओवादीले हल्लामा सत्यता नरहेको जनाएको छ । गत २८ र २९ चैतमा काठमाडौंमा सम्पन्न विस्तारित बैठकले कुनै पनि दलसँग एकता गर्न नसक्ने निष्कर्ष निकालेकाले वैद्य माओवादीले फैलाएको भ्रमका पछि नलाग्न सबै कार्यकर्तालाई आग्रहसमेत गरेको छ ।
खिलराज रेग्मी नेतृत्वमा मन्त्रिपरिषद् गठनपश्चात् वैद्य माओवादीले राष्ट्रिय सहमतीय सरकार गठन गरेर गोलमेच सम्मेलनमा जानुपर्ने बताएकाले कुनै पनि हालतमा एकता गर्न नसकिने पत्रकार सम्मेलनमा मातृका माओवादीका जिल्ला इन्चार्ज हिमालसिंह राईले जानकारी दिए ।

प्रतिक्रिया