निर्वाचन अघि नागरिकता वितरणको माग

काठमाडौं, ८ वैशाख । सरकार र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच बार्ता भएको छ ।
राजधानीमा आज भएको बार्ता सकारात्मक रहेको दुबै पक्षले जनाएका छन् । बार्ताका क्रममा मोर्चाले सरकार समक्ष १३ बुँदे माग राखेको छ ।
निर्वाचन अगावै नागरिकता टोलीलाई गाउँगाउँमा पठाउनुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश वा अध्यक्ष मध्ये एउटा पद छोड्नुपर्नेलगायतका माग रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया