मेरो दिमाग बिजनेस गर्ने छैन

dipak-limbuअहिले हराउनुभयो नि ? 

हराएको होइन । कार्यक्रममा व्यस्त भएकोले हराए जस्तो लागेको हो । अहिले म आफ्नो तेस्रो एल्बम् ल्याउने तयारीमा लागेकोले पनि सार्वजनिक कार्यक्रममा हिँड्न कमि गरेको हो ।
तपाईंको बुझाइमा संगीत के हो ?
संगीत एक किसिमको भावना हो । यो भावनाले सबैको मन छुनसक्छ ।
जीवनमै पहिलो चोटिसुनेको गीत पनि होला नि ?
चाँदनी शाहको शब्द र तारा देवीको स्वर रहेको उकाली ओरालीहरूमा भञ्ज्याङ अनि चौतारीहरूमा बोलको गीत । यो गीत मैले सानैमा सुनेको हो ।
आफ्नै जीवनसँग मेलखाने गीत भेटिएका छन् कि छैनन् ?
बजारमा आएका कुनै कुनै गीत मेरो जीवनसित मेल खान खोजे जस्तो लाग्छ । तर, ठ्याक्कै मिल्नेचाहिँ पाएको छुइन । लाग्छ, मेरो जीवनसँग मेल खाने गीत अहिलेसम्म बनेकै छैन की क्या हो ।
तपाईलाई मन पर्ने गीत छ ?
स्वर सम्राट गायक नारायण गोपालको जीवनदेखि बोलको गीत मलाई असाध्यै मनपर्छ ।
सांगीतिक क्षेत्रमा आउनुको कारण उद्देश्य पनि होला नि ?
यही उद्देश्यले यसमा लागेँ भन्ने छैन । सुरुसुरुमा रहरले यसमा प्रवेस गरेको हो । सफलता मिल्दै गए पछि यसलाई नै पेसा बनाएको छु ।
अहिलेसम्म कति गीतमा आवाज भरियो होला ?
पाश्र्व गायनलगायत अन्य सबै विधा गरेर हजार जति पुग्यो कि †
मन पर्ने गीतकार, संगीतकार र गायक नि ?
एउटैको नाम लिन्छु । गोपाल योञ्जन
आफ्नै आवाजमा भएका गीत पनि चित्त बुझ्ने र र नबुझ्ने हुन्छ ?
हुन्छ । कहीँ कतै नसोची भन्न सक्छु यहाँ देशको चिन्ता बोलका गीत मलाई धेरै चित्त बुझेकामा पर्छ । यसले अहिलेको देशको अवस्थालाई प्रतिनिधित्व गरेको छ जस्तो लाग्छ । चित्तै नबुझेको गीत छैनन् । गाएका सबै गीत बजारमा आए पछि अझ राम्रो
मन परेको शब्द–रचना ?
डा. कृष्णहरि बरालका शब्द मलाई सारै मन पर्छ ।
राम्रो लागेको म्युजिक भिडियोचाहिँ ?
मेरो आफ्नै गीत मैले माया गर्न जानिन माथि बनेको भिडियो । यसमा म आफैंले पनि अभिनय गरेको छु । सतिश श्रेष्ठको निर्देशनमा यो तयार हो । लेडिज मोडेलका रूपमा यसमा रिन्ज ब्लोनले अभिनय गरेकी छन् ।
यस क्षेत्र छाड्नुपर्‍यो भने ?
बिजनेस गर्ने खालको मेरो दिमाग छैन । यो क्षेत्र छोड्नु परे चलचित्र अभिनयमा प्रवेस गर्छु । अहिले पनि चलचित्र अभिनय गर्ने अफर आइरहेका छन् ।

प्रतिक्रिया