वातावरण परिवर्तन र ज्येष्ठ नागरिकको संवेदनशीलता

Aasis-t.-magarसन् २००५ मा अमेरिकामा केट्रिना नामक आँधी र सन् ०११ मा ग्रेट इष्ट जापान नामक भूकम्पबाट सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरू प्रभावित भएको पुष्टि भएको छ । यी घटनाहरूमा धेरै ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेका थिए ।

यसै विषयलाई अघि सार्दै, योर्क विश्वविद्यालयको स्टकहोल्म वातावरण संस्था र क्यानेडाको सीमोन प्रेजर विश्वविद्यालयको बुढ्यौली विज्ञान अनुसन्धान केन्द्रले नीतिनिर्माता र जनतालाई यस विषयमा विशेष ध्यान दिनुपर्ने जनाएका छन् ।
संयुक्त राष्ट्र्रसंघको अनुमानअनुसार सन् ०५० मा पृथ्वीको करिब २५ प्रतिशत जनसंख्या ५५ वर्ष र सोभन्दा माथिका हुनेछन् । त्यसैले वातावरण परिवर्तनबाट यति ठूलो जनसंख्यमा पर्ने असरको उचित व्यवस्थापन गर्न जरुरीे छ । तर, अन्तर्राष्ट्रिय नीतिनिर्माताहरू भने यो विषयतर्फ खासै आकर्षित भएको देखिँदैन ।
स्टकहोल्म वातावरण संस्था, सीमोन फ्रेजर विश्वविद्यालयको बुढ्यौली विज्ञान अनुसन्धान केन्द्र र सेवानिवृत्त स्वयंसेवीहरूको संस्थाले हालै एक प्रतिवेदन प्रकाशनमा ल्याएका छन् जसमा बदलिँदो वातावरणबाट ज्येष्ठ नागरिकहरूमा पर्ने असरहरूबारे संसारभरि जनचेतना फैलाउने कामलाई विशेष जोड दिनुपर्ने बताइएको छ ।
स्टकहोम वातावरण संस्थाका डा. गेरी हक भन्नुहुन्छ, ‘हाम्रा अध्ययनले विशेषगरी ज्येष्ठ नागरिकहरू वातावरण परिवर्तनबाट हुने नकारात्मक असरका सिकार हुने तथ्य प्रकाशमा ल्याएका छन् । साथै यी अध्ययनले वातावरण परिवर्तन र ज्येष्ठ नागरिकबीचको अन्तर्सम्बन्धलाई नितीनिर्माताहरूले राम्ररी बुझ्नु पर्नेतर्फ पनि औल्याएका छन् ।’
बुढ्यौली विज्ञान अनुसन्धान केन्द्रका सहायक अनुसन्धानकर्ता प्राध्यापक श्री ग्लोरिया गुटम्मान बताउछिन, ‘संसारभरिका तथ्यांकअनुसार प्राकृतिक प्रकोपको असर अरू उमेर वर्गमाभन्दा ज्येष्ठ नागरिकहरूमा धेरै हुने गरेका छन् ।’ उक्त प्रतिवेदनले निम्नलिखित ३ कुराहरूमा विशेष ध्यान दिनुपर्ने जनाएका छन् ।
१. ज्येष्ठ नागरिकका कारण वातावरणमा पर्ने नकारात्मक प्रकोपको न्यूनीकरण
वातावरणलाई नकारात्मक असर नपर्ने खालका बानीबेहोरा अपनाउनुपर्ने । ज्येष्ठ नागरिकले प्रयोगगर्ने साधन, लत्ता, कपडा, खाद्यान्न सामग्री आदि सबै वातावरण मैत्री हुनुपर्ने । यसो गर्नाले ज्येष्ठ नागरिकका कारण वातावरणमा नकारात्मक असर पर्दैन ।
२. वातावरण परिवर्तनका प्रकोपबाट ज्येष्ठ नागरिकलाई जोगाउन उचित प्रकारका कार्यक्रम, नीतिनियमको निर्माण गर्नुपर्ने जसले गर्दा ज्येष्ठ नागरिकलाई वातावरण परिवर्तनको प्रकोपबाट जोगाउन सकियोस । जस्तै, ज्येष्ठ नागरिकलगायत अरू सबै सम्बन्धित अधिकारीलाई आपतकालीन तालिम,
वातावरणमा नकारात्मक असर नपर्ने खालका (वातावरणमैत्री) बानीबेहोरा अपनाउन जनचेतना अभिवृद्धि कार्यक्रम, प्राकृतिक प्रकोपबाट ज्येष्ठ नागरिकलाई कसरी जोगाउने भन्ने खालका कार्यक्रम, गोष्ठी आदि ।
३. वातावरण संरक्षणमा ज्येष्ठ नागरिकको सक्रिय सहभागिता
ज्येष्ठ नागरिक ज्ञान र सीपका खानी हुन् । उनीहरूको त्यो ज्ञान र सीपको उपयोग गरी वातावरण संरक्षणमा सघाउन सकिन्छ । त्यसका निम्ति ज्येष्ठ नागरिकलाई वातावरण संरक्षणका क्रियाकलापमा शारीरिक र मानसिक रूपले सहभागी हुन प्रोत्साहन गर्नु जरुरी हुन्छ ।

प्रतिक्रिया