एक बहुआयामिक व्यक्तित्व

swami-nikhileswaranandaयोगी, ऋषिमुनिहरूको जीवन र लीला साधारण दृष्टिले चिन्न र बुझ्न त्यति सहज छैन । देहगत अवस्था अर्थात् भौतिक शरीर हेरेर योगीभित्र रहेको असीम ज्ञान र सिद्धिको भण्डार बोध गर्नु सामान्य मानिसका लागि सम्भव हुँदैन । योगीहरू एउटा निश्चित अभिभारा लिएर धर्तीमा अवतरित हुने गर्छन्, कार्यभार पूरा भएपछि फर्किन्छन् । परमहंस स्वामी श्री निखिलेश्वरानन्द (डा. श्री नारायण दत्त श्रीमाली) यस्तै एक महान् योगी हुनुहुन्छ । सिद्धाश्रमका अद्वितीय महापुरुष र ब्रह्माण्ड सिद्धिका स्वामी हुनुहुन्छ उहाँ । सद्गुरुदेव स्वामी श्री निखिलेश्वरानन्द अलौकिक शक्तिका भण्डार हुनुहुन्छ, उहाँको दर्शन पाएर उच्च कोटिका यागीहरू आफूलाई धन्य ठान्छन् । सिद्धाश्रमका प्राणधार र विश्वविभूति स्वामी सच्चिदानन्दका उहाँ परमप्रिय शिष्य हुनुहुन्छ ।
उहाँ संसारमा आध्यात्मिक ज्ञानको सन्देश प्रवाह गर्न, नवीन चेतना एवं ज्ञानको विस्तार गर्न १९३३ अप्रिल २१ का दिन भारतको राजस्थान राज्यको जोधपुर जिल्ला, खरमटिया लुनीमा नारायण दत्त श्रीमालीका रूपमा अवतरित हुनुभएको हो । गृहस्थ रूपमा उहाँ डा. नारायण दत्त श्रीमालीका नामले विश्व विख्यात हुनुभयो । १८ वर्षको सन्यास जीवन पश्चात् उहाँ पुन: गृहस्थ जीवनमा प्रवेश गर्नु भएको हो । उहाँ गृहस्थ जीवनमा फर्किनु भएपछि सनातन धर्मको पुनस्र्थापना र प्रचारमा लाग्नुभयो । लुप्तप्राय: प्राचीन गुढ विद्या पराविज्ञान, आयुर्वेद, योग, सम्मोहन विज्ञान र रहस्यमय तान्त्रोक्त विधिहरूलाई पूर्ण प्रामाणिकताका साथ उहाँले समाजमा स्थापित गर्नुभयो । उहाँले वेद, पुराण, उपनिषद् आदिमा रहेका गहन विषयको निचोडलाई सरल भाषामा प्रस्तुत गर्नुभएको छ । त्यसैले उहाँ सनातन धर्मका पुनरुद्धारक, ज्योतिषाचार्य, आयुर्वेदज्ञ, तन्त्राचार्य, मन्त्राचार्य, यन्त्राचार्य, सम्मोहन शास्त्री, योगीराज आदिका रूपमा विख्यात हुनुभएको हो । उहाँले १९८१ देखि मन्त्र–तन्त्र–यन्त्र विज्ञान मासिक पत्रिका प्रकाशन सुरु गर्नुभयो । र, अध्यात्मका विविध विधामा करिब १५६ वटा ग्रन्थ रचना गर्नुभएको छ । आफ्ना सम्पूर्ण कार्य सम्पन्न गरे पश्चात् सन् १९९८ जुलाई ३ (वि.सं २०५५ असार १९ गते) उहाँले महाप्रस्थान गर्नुभयो ।
सद्गुरुदेव ऋषिस्वरूप
कर्ता मंत्र तंत्राणां यंत्रणां सर्व तत्वविद् ।
ब्रह्मवर्चश्व मापन्न : ऋषिराज अधिष्ठित ।।
अर्थात्– मंत्र तथा तंत्र शास्त्रका रचनाकार, यंत्र निर्माण विधिका पूर्ण ज्ञाता, ब्रह्मतेजद्वारा मण्डित गुरुदेव नारायण साक्षात् ऋषिराज हुनुहुन्छ । बद्रीनाथ यात्राका क्रममा एक दिन, पूज्य गुरुदेव बस्नुभएको स्थानमा, त्यहीँका एकजना स्थानीय व्यक्ति उहाँसँग भेट गर्न आए र चरणमा प्रणाम अर्पित गरे । उहाँका सम्बन्धमा धेरै चर्चा सुनेको बताउँदै उनले भगवान् शिवको प्रत्यक्ष दर्शनका लागि कुनै मंत्र पाउन अनुरोध गरे ।
गुरुदेव त स्वयं नै शिव हुनुहुन्छ, लुटाउनमा सबभन्दा अगाडि । उहाँले तुरुन्तै तिनलाई मंत्र दिनुभयो । युवक बडो निराश हुँदै मंत्र जप गर्न असमर्थता व्यक्त गरे, आफूले ‘म’ को उच्चारण गर्न नसक्ने बताए । पूज्य गुरुदेवलाई तिनीमाथि दया लागेर आयो । तुरुन्तै अर्को मंत्र दिँदै भन्नुभयो– ‘पुत्र दोस्रो यो जुन मंत्र छ, मैले तिम्रै लागि बनाएको हुँ । यसमा ‘म’ को उच्चारण गर्नु पर्दैन जाऊ, ‘तिमीलाई यसै मंत्रबाट शिवको दर्शन हुन्छ ।’
यो त पूज्यपादको मंत्र स्रष्टा ऋषिरूपको एक झलक मात्र हो । पूज्यपाद सद्गुरुदेवले युगलाई दृष्टिगत गर्दै देश विदेशका थुप्रै साधनात्मक शिविरहरूमा अनेकौँ नवीन मंत्र सृजन गर्नुभयो, लोप भएका शास्त्रहरूलाई पुन:स्थापित गर्नुभयो ।
उहाँका लागि ऋषि शब्दको उद्बोधन अत्यन्त अल्प प्रतीत हुन्छ, किनभने उहाँ त समस्त ऋषिहरूको पूज्यभूत स्वरूप हुनुहुन्छ ।
सदगुरुदेव : तपोनिष्ठ
पंचाग्नि तापं हिमगर्भ वासं:
वनात्वनं संचरणं पदाति:
अनन्य साध्यं गिरिगह्रेषु: ।
तप:प्रपेदे निखिल: तपिष्ठ: ।
भावार्थ– पंचाग्नि साधना हेतु जसले अग्निताप सहनुभयो । हिउँको बीचमा बसेर कठिन साधना गर्नुहुने, हिंस्रक जनावरले भरिएको एक जंगलबाट अर्को जंगलमा पैदल भ्रमण गर्नुहुने, पर्वतका अँध्यारा कन्दराहरूमा नितान्त एकांकी भावनबाट कठोर साधना सम्पन्न गर्नुहुने गुरुदेव निखिलेश्वरानन्दज्यू तपस्याका साक्षात प्रतिमूर्ति नै हुनुहुन्छ ।
उहाँको तपोनिष्ठ व्यक्तित्वका
बारेमा सन्यासी आत्मानन्जीको शब्दमा : एकपटक म गोमुखबाट नन्दनवनतिर जाँदै थिएँ । मेरो द ृष्टि एउटा पर्वत शिखरमाथि पर्‍यो । त्यहाँ विशेष केही छ भन्ने मलाई आभाष भयो । त्यसैले उत्सुकतावस म त्यतैतिर लागँे । केहीअगाडि पुग्नासाथ मैले अधोभागमा मात्र एउटा व्याघ्रचर्म धारणा गरेर हिमशिलामाथि कुनै सन्यासी बसिरहेको देखेँ । जाडोको यस्तो कठांग्रिने ऋतुमा यस्तो दृश्य देखिपछि म आश्चर्यचकित भएँ । उनलाई जाडोले कुनैप्रभाव परेजस्तो लागेन । मैले लुगा लगाएको थिएँ । त्यस क्षेत्रमा म कयौँपटक पुगिसकेको छु ।
यी सन्यासी कुनै अन्य लोकबाटै आएको हुनुपर्छ भन्ने लाग्यो । यस्तो सोच्दासोच्दै अचानक हिमपात सुरु भयो । मैले दौडेर नजिकैको गुफामा शरण लिएँ । ती सन्यासी पनि तपस्या छाडेर पक्कै त्यही गुफामा आउलान् भन्ने मलाई लाग्यो । किनभने आसपासमा त्यहाँ कुनै अर्को गुफा थिएन ।
तर, आश्चर्य † हिउँ वर्षिरह्यो, सन्यासी आफ्नो तपस्यामा अडिग भएर लागिरहे । घन्टाघरमै सन्यासी बसेको ठाउँमा हिउँको स–सानो पहाड नै देखिनलाग्यो ।
म इच्छुक थिएँ, गएर ती सन्यासीलाई उठाएर ल्याउन, ताकि उनको जीवन रक्षा हुन सकोस् । तर, तीव्र हिमपातका कारण मैले यसो गर्न सकिन । प्रकृतिले पनि उनको परीक्षा लिएकै हो, त्यसैले त पूरा चौबीस घन्टापछि मात्र हिमपात रोकियो । मैले बाहिर निस्केर उनको खोजी गर्ने प्रयास थालेँ ठाउँठाउँमा हिउँ पन्छाउने काम गरेँ । यत्तिकैमा केही पर आश्चर्यजनक घटना देखियो । हिउँ पग्लँदैपग्लँदै पानीमा परिवर्तन हुँदै थियो, यस ऋतुमा यस्तो क्रिया आश्चर्यजनक नै हो । केहीबेरपछि आधाजति हिउँ पग्लियो अझै अडिग भएर तपस्यारत भएको देखी ती दिव्य सन्यासीसामु म स्वयं नै प्रणिपात हुन पुगेँ । उनको तपरश्मिले नै हिउँलाई पगालिदियो, यो स्पष्ट भयो ।
जब मैले ध्यानद्वारा आफ्ना गुरुदेवसँग सम्पर्क गरी ती दिव्य, तपोनिष्ठ सन्यासीबारेमा जान्न चाहेँ–दृढ निश्चय, अडिगता, मनोबल र तपका साकार मूर्ति उनै भगवत पूज्यपाद स्वामी निखिलेश्वरानन्द हुनुहुन्छ भन्ने थाहा पाएपछि म आफँै कृतकृत्य भएँ ।
समाजमा विभिन्न प्रकारका आलोचना–प्रत्यालोचनाको भूमरीमा अडिग रहेर मुस्कुराउँदै आफ्ना शिष्यहरूलाई विविध समस्याबाट आज पनि रक्षा गर्नुहुन्छ, यो उहाँको तपोनिष्ठता हो ।
सद्गुरुदेव मुनिस्वरूप
माननात् सर्व मंत्राणं महद्भि: परिमाननात् ।
मार्गणाच्चैव शिष्याणां मुनिश्चेति पदाभिद: ।।
मन्त्रलाई निरन्तर मनन गर्नाले, विद्वान्हरूबाट माननीय हुनाले, समर्पित एवं श्रद्धालु शिष्य तथा साधकहरूको खोजी गरी तिनलाई शरणगति प्रदान गर्नुहुने हुनाले गुरुदेव नारायण मुनिवत सतत: बन्दनीय हुनुहुन्छ ।
उतिबेला हरिद्वारमा त्यति भिडभाड हुँदैनथ्यो । चारैतिर मनोरम वनजंगल थियो । त्यही पतित पावनी गंगाको तटमा श्रीगुरुदेव नयाँ मंत्र तथा साधनाको अनुष्ठानमा हुनुहुन्थ्यो । उहाँ यति निमग्न हुनुभयो चारदिन देखि आफूले अन्नको एक दाना ग्रहण गरेको छैन भन्नेसमेत बिर्सनु भयो ।
छेउकै गाउँबाट गुरुदेवका एक शिष्यले केही पिठो लिएर आए । तुरुन्तै गुरुदेवले सबै पिठोको एउटै रोटी बनाएर आगोमा सेकाउन राखिदिनु भयो । भोक यति तीव्र भयो– रोटी केही सेकिइहाल्यो चुँडेर खाउँm भन्ने मनमा लाग्यो ।
मनलाई सम्झाउनु भयो यतिमा पनि यो कस्तो व्याकुलता ? तर मन मानेन, एक टुक्रा चुँडेर जब मुखमा के राख्नु मात्र भएको थियो, मन आफैँ ग्लानी र क्षोभले भरियो– के मनमाथि मेरो नियन्त्रण समाप्त भइसकेको हो ?
यस्तो विचार उठ्नेवित्तिकै गुरुदेवले पूरै रोटी टिपेर गंगामा फ्याकिदिनु भयो र, अब पुन: दश दिनसम्म अन्न ग्रहण गर्ने छैन भनेर प्रण गर्नुभयो । उहाँ फेरि मंत्र साधनाको अनुष्ठानमा तल्लीन हुनुभयो ।
वचन र कर्मले उहाँ सधँै मनमाथि विजयी हुनुभयो । उहाँ त शिष्यको मनलाई सधँै आँखाले नै हेरिरहनु हुन्छ । एक समर्थन मन नै अरूको मनका कुरा जान्न सक्छ । यसकारण आज पनि शिष्यका मनका कुरा गुरुदेव समक्ष पुग्छ ।
(जनवरी–९९ मंत्र–तंत्र–यंत्र विज्ञानबाट)
अनुवाद : शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान

प्रतिक्रिया