सेलिना विश्व दौडाहमा

Taruniलस एन्जलस : हलिउडकी चर्चित गायिका–अभिनेत्री सेलिना गोमेजले विश्व दौडाह गर्ने भएकी छन् । गोमेजले ५६ देशको विश्वदौडाहको घोषणा गरेकी हुन् । आफ्नो यो दौडको सुरआत उनी क्यानडाको वैंकुवर सहरबाट गर्ने भएकी छन् । बीस वर्षीया यी गायिकाले विश्व यात्राको सुरुआत आफ्नो पूर्व ब्वाईफ्रेन्ड जस्टिन बिबरकै देशबाट सुरु गर्न लागेकी हुन् । उनले आफ्नो यो यात्रा १४ अगस्टमा सुरु गर्ने योजना बनाएकी छन् ।
विश्व भ्रमणका लागि मैले तय गरेकी यो यात्राका लागि म निकै उत्साहित छु उनले भनिन्, यो पुरै विश्व यात्रा नभए पनि मेरो जीवनको सबै बढी देशको यात्रा यो नै पहिलो हो । केही महिनामै आफूले यो यात्रा पूरा गर्नेसमेत गोमेजले अनुमान लगाइन् । आफू सांगीतिक क्षेत्रमा दिनदिनै खारिँदै गएको समेत उनले खुलाइन् । भनिन्, ‘मेरा फ्यानले पनि ममा आएको परिवर्तन महसुस गरुन् भनेर म यो यात्रामा निस्कन लागेकी हुँ’ । आफ्नो यो यात्रामा आफूलाई चाहनेहरूको पूर्ण सहयोग हुने समेत विश्वास गरेकी छन् । (एजेन्सी)

प्रतिक्रिया