घरायसी विवादमा सौतेनी आमाको हत्या

Hatya 2मकवानपुर, ५ वैशाख । मकवानपुर जिल्लामा १६ वर्षीय राजेन्द्र मोक्तानले आफ्नी सौतेनी आमाको हत्या गरेका छन् ।
भार्ता–९, पाख्रेबसीका राजेन्द्रले ४२ बर्षीया सौतेनी आमा तुलसी मोक्तानलाई आज विहान तीन बजे दाउराको चिरपट प्रहार गरेर हत्या गरेका हुन् ।
घरायसी विवादमा झगडा हुँदा राजेन्द्रले आमाको टाउकोमा चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।
यता, काठमाडौंमा पत्नीले आफ्नै पतिलाई बयरको बोतल प्रहार गरेर घाईते बनाएकी छन् ।
मनमैजु–३ डेरा गरी बस्ने धादिङ दार्खा–३ की शोभा तमाङले पति १८ बर्षीय अनुग्र तामाङलाई पेटमा बियरको बोतलले प्रहार गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा शोभाले पतिलाई बियरको बोतल प्रहार गरेकी हुन् ।

प्रतिक्रिया