माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु

Chitwan District 1चितवन, ५ वैशाख । चितवनमा मोटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ ।
माटोको ढिस्कोले पुरिएर मृत्यु हुनेमा भरतपुर नगरपालिका–४ बस्ने सुर्खेत जिल्ला बर्दियापुरकी २३ बर्षीय जोना घिमिरे र १८ बर्षीय नहेम्याह आचार्य रहेका छन् ।
भरतपुर नगरपालिका–४, बाह्रघरेस्थित बालगृहको ढल खनेर पाईप बिच्छाउने क्रममा बुधबार बेलुका माटोको ढिस्कोले पुरिएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई तत्काल स्काभेटरको सहायताले खाल्डोबाट उद्धारी गरिएको थियो । यद्यपि उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया