विश्वविद्यालयको विरोधमा अखिल आन्दोलनमा

akhil 1काठमाडौं, ५ बैशाख  । आर्थिक प्रलोभनमा परेर पूर्वाञ्चल विश्वविद्यालयले एक नीजि अस्पताललाई आंगिक मेडिकल कलेज बनाउन प्रक्रिया थालेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले विरोध जनाएको छ ।
अनेरास्ववियुले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी करोडौंको जनस्तर एवं सरकारी लगानी सहित मेडिकल कलेजका लागि तयार गरिएको भौतिक संरचनालाई अगाडि नबढाएर विश्वविद्यालयका पदाधिकारीहरुले आर्थिक प्रलोभनमा नीजि अस्पतालाई मेडिकल कलेज बनाउने प्रक्रिया थालिएको दावी गरेको छ । विश्वविद्यालयले ललितपुरस्थित बि एण्ड बि अस्पताललाई मेडिकल कलेज बनाउने प्रक्रिया अगाडि बढाएको छ । यस्तै अनेरास्ववियुले तत्काल स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ ।
आफ्नो मागको सुनुवाईका लागि भन्दै आज देखि सिनामंगल स्थित विश्वविद्यालयको सम्पर्क कार्यालय र विश्वविद्यालयको प्रस्तावित मेडिकल कलेज परिसर, गोठगाउँ मोरङमा युवा संघ नेपालसँग संयुक्त रुपमा धर्नामा बस्ने अखिलले जनाएको छ । मागको सुनुवाई नभए कडा आन्दोलनमा उत्रिने अखिलले चेतावनी दिएको छ ।

 

 

 

 

प्रतिक्रिया