सिटिजन्स बैंक टेनिस रोचक मोडतिर

काठमाडौं: विदुर विष्ट र दीपक श्रेष्ठ दोस्रो सिटिजन्स बैंक टेनिस प्रतियोगिता अन्तर्गत भेट्रान ५५ वर्षमाथि पुरुष एकलतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । विदुरले श्यामबहादुर थापालाई ६–३ र ६–३ अंकले तथा दीपकले भरत रायमाझीलाई ६–१ र ६–१ अंकले पराजित गरेका हुन् । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा सञ्चालन भएको भेट्रान ५५ वर्षमाथिको अन्य क्वार्टर फाइनलमा विजयी हुँदै डेनेभ लामा र पृथ्वी थकालीले पनि सेमिफाइनलको भेट निश्चित गरेका छन् । डेनेभले कर्म घलेमाथि पहिलो सेट ६–० ले अग्रता लिए पनि दोस्रो सेटमा ४–६ ले पछि परेपछि खेल सुपर टाइब्रेकरमा लम्बिएको थियो । निर्णायक सेटमा डेनेभले १०–३ अंकको सफलता हात पारेका थिए भने पृथ्वीले पनि सुपर टाइब्रेकरमै ज्ञानेन्द्र ताम्राकारलाई ६–४, ४–६ र १०–७ अंकले पाखा लगाएका थिए ।
त्यसैगरी, ३५ वर्षमाथि सुरेश श्रेष्ठले सुशीलराज पाण्डेलाई सुपर टाइब्रेकरमा ३–६, ६–२ र १०–७ अंकले, करिमुल मुस्लिमले सूर्य शाहीलाई ६–३ र ६–१ अंकले, राजु श्रेष्ठले शरण गुरुङलाई ६–० र ६–२ अंकले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । यसैगरी, लक्ष्मण बन्जाराले लोक गुरुङबाट तथा रजतमान श्रेष्ठले हर्क गुरुङबाट वाकओभर पाए । (सौस)

प्रतिक्रिया