आगलागीबाट पाच घर जले

सिन्धुली : जिल्लाको बासेश्वर ४ मा आगलागीबाट ५ घर जलेर नष्ट भएको छ । आगलागीबाट झन्डै २५ लाख रुपियाँबराबरको क्षति भएको छ । गहते पाखामा लागेको डढेलो गाउँमा पस्दा स्थानीय दीपक कोइराला, धरणीधर कोइराला र राजन कोइरालाका गरी ५ वटा घर जलेर नष्ट भएको हो । सिन्धुलीको जंगलमा लागेको डढेलोबाट दर्जनौँ गाविसका स्थानीय बासिन्दाको करोडौँको क्षति भएको छ । गत ३० चैतमा सिन्धुलीको कल्पवृक्ष–४ मा पनि १८ घरमा आगलागी भएको थियो भने भद्रकालीमा ५ घर जलेका थिए । (सौस)

प्रतिक्रिया