लेक लागेर देवकोटाको मृत्यु

मुस्ताङ, ३ वैशाख । मुस्ताङ जिल्लामा ट्रेकिङमा जाने क्रममा लेक लागेर चितवन घर भएका विजयराज देवकोटाको मृत्यु भएको छ ।
चितवन रत्ननगर नगरपालिका घर भएका ३८ बर्षीय देवकोटाको लेक लागेपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याईएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
फ्रान्सका दुई नागरिक २, गाईड र पोटरसहित ११ जनाको ग्रुप धवलागिरि हिमाल आरोहण गरेर जोमसोम तर्फ जाँदै गर्दा उनालाई लेक लागेको थियो ।

प्रतिक्रिया