टोखामा सांगीतिक कार्यक्रम

काठमाडौं : बिस्केट जात्राको अवसरमा फ्रेन्डसिप ग्रुप अफ टोखाले नयाँ वर्षलाई स्वागत गर्ने सांगीतिक कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा प्रमुख अतिथि तुलसी घिमिरे केही ढिलो कार्यक्रम स्थलमा उपस्थित भए समयमै पुगेकी अभिनेत्री बेनिसा हमालले सो भार सम्हाल्न बाध्य भइन् ।
अभिनेत्री बेनिसा हमाललाई टोखा समुदायले विशेष सम्मान प्रधान गरे । कार्यक्रममा अभिनेत्री हमालले सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्ष २०७० सालको शुभकामना दिइन् ।
गायक यस कुमार, अनिल सिंह, कमल खत्री, प्रमोद निर्वानि, देवीराम पराजुली र शिवहरि बैरागीले सांगीतिक प्रस्तुति राखेका थिए । सांगीतिक कार्यक्रम राति अबेरसम्म चलेको थियो । (सौस)

प्रतिक्रिया