आदर्श गृहको शुभकामना आदानप्रदान

चितवन : असहाय महिला तथा बालबालिका पुन:स्थापना केन्द्रका रूपमा रहेको ‘आदर्श गृह’ भरतपुरले आइतबार नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको छ । गृहले पाँचाँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा पूर्वसहायकमन्त्री सावित्री बोगटी पाठकले राज्यले गर्नुपर्ने कार्य एउटा संस्थाले गर्नु गौरवपूर्ण भएको उल्लेख गर्दै विगतमा हिंसापीडित महिला अहिले आएर आत्मनिर्भर बन्न सफल भएको बताइन् । गृहकी ‘आमा’ भीमकुमारी घिमिरेले घरेलु हिंसाबाट पीडितले गुमेको अधिकार पाएको टिप्पणी गर्दै संस्थाको उच्च योगदान रहेको धारणा व्यक्त गरिन् । गृहकी संयोजक मीना खरेलले महिलाको क्षेत्रमा समस्या र चुनौती बढ्दै गएको र त्यसको न्यूनीकरणमा आदर्श अभियानले केही योगदान दिन सकेको बताइन् ।
आदर्श गृहमा घरेलु हिंसापीडित महिला र उनीहरूका सन्तान गरी २२ जना आश्रित छन् । गृहमा आश्रित महिलाले हाकिमचोकमा आदर्श सिलाइ तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएका छन् । (सौस)

प्रतिक्रिया