टोखामा बिस्केट जात्रा सुरु

काठमाडौं, २ वैशाख । जिल्लाको उत्तर–पश्चिमी भेगमा अवस्थित टोखामा आइतबार बिस्केट जात्रा सुरु भएको छ ।

प्रत्येक वर्ष १ वैशाखदेखि चार दिनसम्म मनाइने जात्रामा विभिन्न देवदेवी, भैरव नाच तथा मन्दिरमा पूजा–आराधना गर्ने चलन छ । काठमाडौंदेखि करिब १६ किलोमिटरको दूरीमा अवस्थित सो ऐतिहासिक मन्दिरमा जात्राको अवधिभर विशेष पूजा, पशुबलि, बाजागाजासहित नाचगान गरिन्छ । जात्रामा सहभागी भए पारिवारिक सुख समृद्धि कायम हुने तथा मनवाञ्छित फल प्राप्त हुने जनविश्वास छ ।
जात्रा व्यवस्थापन मूल समारोह समितिका सदस्य खड्गबहादुर श्रेष्ठले जात्रा अवधिभर एक लाख दर्शक मेला भर्न आउने र उनीहरूको सहजताका लागि स्थानीयवासी, स्थानीय क्लब, विभिन्न संघसंस्था तथा प्रहरीको सक्रियता रहेको जानकारी दिए ।

प्रतिक्रिया