गाडीले ठक्कर दिँदा एकको मृत्यु

राजविराज : सप्तरीको कल्याणपुर–४ बस्ने करिब ४० वर्षीया इसाक मियाको सडक दुर्घटनामा परी आइतबार मृत्यु भएको छ । स. ३ प ३१४१ नम्बरको मोटरसाइकलमा सवार मियालाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न मालवाहक ट्रकको पहिचानका लागि सबै नाकामा चेकजाँच भइरहेको डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए । (सौस)

प्रतिक्रिया