कांग्रेसले हारे फेरि पनि संविधान बन्दैन : देउवा

Sher Bd Deuba 1काभ्रे, १ बैशाख । कांग्रेसका नेता शेरबहादुर देउवाले अब हुने संविधान सभा निर्वाचनमा आफूहरुले हारे फेरि पनि नयाँ संविधान नबन्ने दाबी गरेका छन् । ‘कांग्रेसका लागि आगामी निर्वाचन जीवन र मरणको सवाल भएको छ,’ उनले भने ।
काभ्रेको बनेपामा नगर समितिद्वारा नयाँ वर्षका अवसरमा आइतबार आयोजित कार्यक्रममा नेता देउवाले संविधान सभाबाट संविधान बन्न नसक्नुमा माओवादी दोषी रहेको आरोप लगाए । ‘संविधानसभामा कांग्रेस दोश्रो पार्टी भएकाले नयाँ संविधान बन्न सकेन,’ उनले भने ।
अझै पनि नेपालमा कानूनको शासन भन्दा पनि माओवादीका कार्यकर्ताहरुको त्रास बढि रहेको उनले बताए । ‘कानूनको शासन नहुने र माओवादीको मात्रै राज चलिरहने हो भने जनता त्रसित हुन्छन्,’ उनले भने, ‘कांग्रेसले निर्वाचनमा हार्छ, हार्‍यो भने संविधान सभाबाट पुन: संविधान बन्न सक्दैन ।’
पार्टी भित्रको एकता आवश्यक रहेको बताएका उनले आन्तरिक निर्वाचनमा भएको हार जितलाई गौण बनाउँदै एकताबद्ध भएर जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कांग्रेसका लागि निर्वाचन जीवन र मरणको सवाल भएको उनले बताए ।

प्रतिक्रिया