आशीष स्मृति पत्रकारिता पुरस्कार दाहाललाई

Rajkumar-Dahalइलाम, १ वैशाख । मेची अञ्चललाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिदै आएको ‘आशीष स्मृति पत्रकारिता पुरस्कार’ यसवर्ष इलामका पत्रकार राजकुमार दाहाललाई प्रदान गरिएको छ ।
इलाममा आइतबार विहान आयोजित विशेष कार्यक्रममा दाहाल सो पुरस्कारबाट सम्मानित भएका हुन् । पत्रकार दाहाललाई दोसल्ला, प्रमाणपत्र र नगद पाँच हजार एक रुपियाँ प्रदान गरिएको छ ।
पुरस्कृत दाहाल रेडियो फिक्कलका समाचार प्रमुख हुन् । उनी बिगत ५ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् ।
यस अघि सो पुरस्कार बेनुप भट्टराई, राजु शिवा, गणेश साङ्पाङ्ग, मोहन काजी, आनन्द गौतम, रमेश समदर्शी राई र तोयानाथ भट्टराईले पाईसकेका छन् ।
रेडियो नेपालका इलामका तत्कालीन समाचारदाता आशीष राईको २०५९ साल वैशाख–१ गते मोइखोलामा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया