सिंहबहादुर अन्तिम चारमा

काठमाडौं : दोस्रो सिटिजन बैंक टेनिस प्रतियोगितामा डा. सिंहबहादुर बस्नेत भेट्रान ६५ वर्षतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा उनले चन्द्रमान तुलाधरलाई ८–२ ले हराएका थिए ।
सिटिजन बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिता अन्तर्गत मेन्स सिंगलतर्फ अजय गौचनले सगुन श्रेष्ठलाई ६–२, २–६ र ६–२ ले, इसुनविक्रम सिंहले कौस्तुभराज पाण्डेलाई ७–५ र ७–६ ले प्रणय कार्कीले सुमन कार्कीलाई ६–३ र ७–५ ले गणेश कार्कीले रामजी गुरुङलाई ६–७, ६–३ र ६–२ ले राजु श्रेष्ठले सुवोध अधिकारीलाई ६–२ र ६–१ ले सक्षम कार्कीले विकास थापामगरलाई ७–५ र ६–३ ले तथा सन्तोष न्यौपानेले चुडा नेपाललाई ६–० र ६–२ ले पराजित गर्दै अन्तिम सोह्रमा स्थान सुरक्षित गरेका छन् । त्यस्तै जोडीतर्फ मोहनबहादुर शाही र विदुर विष्टको जोडीले शम्भु बास्तोला र ज्ञानबहादुर शाक्यको जोडीलाई ६–१ र ६–२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे ।
अखिल नेपाल लगटेनिस संघको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा आठ इभेन्ट समावेश गरिएको छ । प्रतियोगितामा तीन विभागीय टिम दुर्गम जिल्ला डोल्पालगायत १५ जिल्लाका खेलाडी रहेका छन् । एक हप्ते प्रतियोगिताको उद्घाटन अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणाले गरेका थिए । (सौस)

प्रतिक्रिया