माओवादीद्वारा पुन: जग्गा कब्जा

धनगढी : नेकपा–माओवादीका कार्यकर्ताले कैलालीमा शनिबार पुन: जग्गा कब्जा गरेका छन् । पञ्चायतकालमा कैलालीका सभापति भएका देवबहादुर मल्लको कोटातुल्सीपुर गाउँ विकास समिति २ ढोडलपुर र ४ तुल्सीपुरमा रहेको ६५ बिघा जमिन माओवादी कार्यकर्ताले कब्जा गरेका हुन् ।
ठूलो संख्यामा गएका माओवादीले कार्यकर्ताले पार्टीको झण्डा गाडेर मल्लको जग्गा कब्जामा लिएको घोषणा गरेका थिए । माओवादी जिल्ला सेक्रेटरी महेश बडुवालले जग्गा कब्जामा लिने पार्टी नीति अनुरूप मल्लको जग्गामा झन्डा गाडेको बताए । पटक–पटक जग्गा खाली गर्न दबाब दिए पनि मल्लले बेवास्था गरेपछि कब्जा गर्नुपरेको उनको भनाइ छ ।
एमाओवादीबाट फुटेपछि नेकपा–माओवादीले कैलालीमा जग्गा कब्जा गरेको यो दोस्रो घटना हो । बुधबार मात्रै माओवादी कार्यकर्ताहरूले जिल्लाको लालबोझी गाउँ विकास समितिमा पूर्वराजा ज्ञानेन्द्र शाहका सम्धी तथा नेपाल प्रहरीका पूर्व डिएसपी नवराजबहादुर सिंहको २२ बिघा जग्गा र एक पक्की घर कब्जा गरेको थियो । (सौस)

प्रतिक्रिया