‘तत्काल चुनावको मिति तोक’

काठमाडौं, १ बैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल चुनावको मिति तोक्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसित माग गरेका छन् । शनिबार रेग्मीसितको भेटमा दाहालले यस्तो माग गरेका हुन् ।

रेग्मीलाई भेट्न अध्यक्ष दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दुईजनाबीच चुनावको तयारीबारे छलफल भएको थियो । अध्यक्ष दाहालले चुनावको मिति कहिले तोक्ने र त्यसका लागि गर्नुपर्ने कति काम बॉकी छन् भन्दै जानकारी लिएका थिए ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले चुनावको तयारीबारे भइरहेका कामबारे रेग्मीलाई जानकारी गराएका थिए । सरकारले छिट्टै चुनावको मिति घोषणा गर्न तयार रहे पनि प्राविधिक तथा केही दलका अवरोधका कारण सफल हुन नसकेको उनले जानकारी गराएका थिए । दाहालले भने तत्काल चुनावको मिति तोक्न माग गरेका थिए ।
भेटमा अध्यक्ष दाहालले आइतबारबाट गर्न लागिको एकहप्ता लामो चीन भ्रमणका क्रममा उठाउने विषयवस्तुबारे रेग्मीलाई जानकारी गराएका थिए । आफ्नो भ्रमण देशको हितमा हुने बताउँदै उनले नेपालको आर्थिक, सामाजिकलगायत मुद्दाहरूमा छलफल गर्ने बताएका थिए ।
यसैगरी, शुक्रबार विशेष समितिले गरेको निर्णयबारे पनि दाहालले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई जानकारी गराएका थिए । दाहाल उच्चस्तरीय राजनीतिक समितिका संयोजक पनि हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा पत्नी सीताका साथ उनी आतबार बिहान चीन जाँदै छन् ।

प्रतिक्रिया