अध्यक्ष रेग्मी र दाहालबीच भेटबार्ता

baluwatarकाठमाडौं, ३१ चैत । अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको मिति र अन्य विविध विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
आगामी कात्तिक अन्तिम साता संविधानसभाको निर्वाचन गर्नुपर्ने उच्चस्तरीय राजनीतिक समितिले सहमति जुटाए लगत्तै दाहालले रेग्मीसँग भेटबार्ता गरेका हुन् । असारमा निर्वाचन नहुँने भए पछि प्रमुख दलहरुले कात्तिक भित्रै निर्वाचन गर्ने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया