दुर्घटनामा मोटरसाईकल चालकको मृत्यू

Sadak-Abrodh-Sirahaसिरहा, ३१ चैत । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको कसहा चौक नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यू भएको छ । अर्का एक जना गम्भीर घाईते भएका छन् ।
सिरहा सदरमुकामबाट राजविराज जाँदै गरेका ना ३ ख ५९४० नम्बरको बसले शनिबार विहान ‘अन टेस्ट’ लेखेको डिस्कोभर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा फूलकाहाकट्टी–७ का सञ्जयकुमार दासको मृत्यू भएको हो । मोटरसाइकलमै सवार सुखिपुर–६, दहीपौडीका रवीन्द्र दास गम्भीर घाईते भएका छन् । घाईते रवीन्द्रको खुट्टामा गम्भीर चोट लागेको छ ।
दुर्घटनामा पछि आक्रोशित स्थानीय कसहा चौकमा केही समय राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा सैयौं यात्रु बाटोमा अलपत्र परेका थिए ।

प्रतिक्रिया