रुक्मीणी चौधरी अध्यक्षमा पुन: निर्वाचित

Rukmini Chaudhariकाठमाडौं, ३१ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले पुन: रुक्मीणी चौधरीको नेतृत्वमा १७ सदस्सीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
चितवन बघौडा–२, बघौडामा ‘पहिचान सहितको संघीयता र संघीयतासहितको संविधान’ भन्ने मुल नाराका साथ चैत–२३ र २४ गते सम्पन्न राष्ट्रिय महाधिवेशनले निर्वाचनमा जाने निर्णयसहित चौधरीको नेतृत्वमा कार्यसमिति चयन गरेको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । महासचिवमा लीलागम्भीर थारु, कोषाध्यक्षमा ललितकुमार चौधरी, प्रवक्तामा प्रदीपकुमार चौधरी चयन भएका छन् ।
महाधिवेशनले ५ वुँदे निष्कर्ष र ११ बुँदे भावी कार्यनीतिक योजनासहित माडी घोषणा पत्र जारी गरेको छ ।
महाधिवेशनले झापादेखि कञ्चनपुर सुर्खेत, दाङ, चितवन, सिन्धुलीको कमला माई खोच, उदयपुरसहितका चुरे पर्वत दक्षिण एवं भारतको सीमानासहितका चार किल्लाको भू–भाग थरुहट रहेको दाबी गरेको छ ।
थरुहटले व्राह्मणवादी चिन्तनका नेताको नेतृत्व र सोंचले संविधान निर्माण हुन नसकेको आरोप लगाएको छ । उसले संघीयता विहीन संविधान ल्याउन र समानुपातिक निर्वाचन तर्फको ९५ सिट संख्या घटाएकोमा पनि विरोध गरेको छ ।

प्रतिक्रिया